भारतमा काेराेना संक्रमित दिन प्रति दिन बढ्दै

काठमाडौं – भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन २६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ४ हजार ९८० पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

Facebook Comments