एकै दिन १ सय ७० जनामा कोरोना, संक्रमण, नेपालमा संक्रमितको संख्या १२ सय नाघ्याे

काठमाडौं । एकै दिन १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्जा भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.