छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न जसपाका नेता ठाकुर संसद सचिवालयमा

काठमाडाैँ । जनता समाज पार्टी नेपालका नेता महन्थ ठाकुरले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्। उनले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेका हुन्।

संघीय सचिवालयका सचिव भरत गौतमले आफूहरूले फरमेट हेरिरहेको बताएका छन्। ‘उहाँहरूको फरमेट हेरिरेहका छौं। संशोधन प्रस्ताव दर्ता गर्ने नमिल्ने हैन। के रहेछ हेर्छौं,’ उनले भने।

यसअघि सरकारले संविधानको अनुसूचीमा रहेको निशान छापको नेपालको नक्सा परिवर्तन गर्न छुट्टै संशोधन विधेयक संसदमा दर्ता गरेको थियो।

भारतले अतिक्रम गरेको कालापानी क्षेत्रको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको सरकारले उक्त नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.