कमला ह्यारिसद्वारा चिनियाँ दुर्व्यवहारविरुद्ध भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आग्रह

सिंगापुर । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दक्षिण चीन सागरमा चीनको दुव्र्यवहार र गलतलाई चुनौती दिन भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आह्वान गरेकी छन् । दक्षिणपूर्वी एसियाको भ्रमणको क्रममा बेइजिङविरुद्ध उनले कडा टिप्पणी गरेकी छन्।

उनले चीनको दुव्र्यवहार र अराजक गतिविधिविरुद्ध दबाब बढाउनका लागि अमेरिका सहयोग गर्न तयार रहेको उनले बताएकी छन् । संयुक्त राष्ट्र संघको कानुनको समुद्री कानूनको पालना गर्नको लागि चीनको धम्की र अत्यधिक समुद्री दाबीलाई चुनौती दिनका लागि अमेरिकी सहयोग उनले उनले बताएकी हुन् ।

भियतनामी राष्ट्रपति गुयेन जुआन फुकसंगको द्विपक्षीय बैठकका क्रममा उनले दक्षिण चीन सागरमा चीनको जबरजस्ती र धम्कीपूर्ण व्यवहारलाई रोक्न आवश्यक भएको बताएकी हुन् ।

अमेरिकाले दक्षिण चीन सागरमा आफ्नो सुरक्षा चासोको रक्षा गर्नको लागी देशलाई एक अतिरिक्त अमेरिकी कोस्ट गार्ड पठाउनेसमेत उनले बताएकी छन् ।

उपराष्ट्रपति ह्यारिसले चीनतर्फ संकेत गदै इन्डोप्यासेफिक रणनीतिक कुनै एक मुलुकविरुद्ध लक्षित नरहेको बताएकी छन् । चीनले सो रणनीति आफूविरुद्ध रहेको बताइरहेको बेला उनको सो अभिव्यक्ति आएको छ ।

एसिया प्रशान्त क्षेत्रको पहिलो भ्रमणका क्रममा सोमबार सिंगापुर पुगेकी ह्यारिसले इन्डोप्यासेफिक रणनीति कुनै एक मुलुक छनौट गर्नका लागि लक्षित नभएको उल्लेख गरिन् ।

विशेषत यस क्षेत्रका मुलुकले अमेरिका वा चीनमध्ये एक रोज्नुपर्ने बाध्यता आइपरेको भनी बहस भइरहेको समयमा अमेरिकी उच्च नेतृत्वबाट यस्तो अभिव्यक्ति आएको हो । सिंगापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्डोप्यासेफिक क्षेत्र आफूहरुको लागि निकै महत्वपूर्ण क्षेत्र भएको समेत बताइन् ।

‘हाम्रो मुलुकको सुरक्षा र समृद्धिको लागि निकै महत्वपूर्ण छ । हाम्रा महत्वपूर्ण साझेदार र मित्रहरु यस क्षेत्रमा छन्’ ह्यारिसले भनिन्,’यस क्षेत्रको स्थायित्व र शान्तिको लागि हामीले स्पष्ट भिजन अगाडी सारेका छौ ।’

उनले यो क्षेत्रमा मानव अधिकारको रक्षाको लागि काम गरिरहेको समेत उल्लेख गरेकी छन् । एसिया क्षेत्रमा अमेरिकाको भिजनलाई अझ जोडतोडका साथ उठाउन आफू सिंगापुरको भ्रमणमा आएको समेत उनले बताइन् । अमेरिकाले खुला र स्वतन्त्र इन्डोप्यासेफिकको पक्षमा आफूहरु उभिएको र यसले अमेरिका र क्षेत्र क्षेत्रमा मुलुकहरुको चासो सम्बोधन गर्ने बताइन् ।

Facebook Comments