दुई नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक, कलाकार संघद्वारा प्रहरीमा उजुरी

काठमाडौं । कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ। आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो।

पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन बढी नायिकाहरूको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यसले चलचित्रमा काम गर्ने नायिकाहरूलाई मानसिक तनाव दिएको छ ।

अध्यक्ष खड्काले बुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरूको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ। कलाकारहरूको बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुस्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दछौं।’

हिजोमात्र एक नायिकाले पनि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले यस विषयमा तत्काल छानबिन गर्ने बताएको अध्यक्ष खड्काले जानकारी दिएका छन्। सभार अनलाइनखबरबाट

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.