एकै दिन ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

काठमाडौं- नेपालमा एक दिन थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।

सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै बाहिर ल्याइएको थियो। यी दुई जिल्ला सहित थप विभिन्न जिल्लामा गरी ९० जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.