काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्री देउवासँग गम्भीर छलफल गर्नुपर्ने देखिएको भन्दै आज तय गरिएको बैठक स्थगित गरिएको एक स्थायी समितीका सदस्यले बताए ।












Facebook Comments