काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उन्ले महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए ।
महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको बताउँदै क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि प्रधानमन्त्रीकाे भनाइ थियाे ।
सरकार नागरिकप्रति संवेदनशील रहेको र परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उन्ले जानकारी दिए । प्रधानमन्त्रीले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने भन्दै सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ विश्वास व्यक्त गरे ।
Facebook Comments