काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्न आमनागरिकलाई ५ उपाय सुझाएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्ने ५ उपाय सुझाएका हुन् । प्रधानमन्त्रीले सुझाएका ५ टिप्स यस्ता छन् ।
१. आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ,
२.घरभित्रै बसौं, ब्यायाम गरौँ,
३. भाइरस फोहोरमा रमाउँछ । त्यसलाई परास्त गर्न सरसफाइमा ध्यान दिऔँ,
४. स्वास्थ्यलाई आरामको जरुरी हुन्छ । त्यसैले पर्याप्त आराम गरौँ,
५. कोरोनालाई जित्न सकिन्छ, उच्च मनोवलका साथ रहौँ ।
Facebook Comments