कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाडौँ । पर्साको नेशनल मेडिकल कलेज, वीरगन्जमा उपचारका क्रममा यही जेष्ठ ४ गते मृत्यु भएका बाराको करैया गाउँपालिका वडा नं. ७ का ७० वर्षीय पुरुषमा आज कोरोना पुष्टि भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ज्येष्ठ ३ गते श्वास–प्रश्वासमा समस्या आई अस्पताल भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिए। मृतक पुरुष टि.बीको दीर्घ बिरामी समेत रहेको प्रवक्ता डा देवकोटाले बताए।

यस अघि अन्य ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, बाँके र गुल्मीमा एक/एक जना गरी ३ जनाको कोरोनाको कारण मृत्यु भएकाे थियाे ।

Facebook Comments