वीरेन्द्रनगर । कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार र सोमबार ७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ ।
मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ५ जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा २ जनामा कोरोना पुष्टि भएको हो । नयाँ भेटिएका सबै दैलेखका हुन् ।
यसअघि सुर्खेतका तीन र दैलेखका एकजनामा कोरोना पुष्टि भएको थियो । उनीहरुमध्ये चारजनाको सुर्खेतस्थित प्रदेश अस्पतालमा र ५ जनाको दैलेख अस्पतालले निर्माण गरेको आइसोलेसनमा उपचार भइरहेको छ ।
प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको र अवस्थामा सामान्य रहेको बताए ।
Facebook Comments