सप्तरीका मण्डलको हत्या आरोपित सातजनाविरुद्ध उजुरी दर्ता

Photo : Google

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

स्थानीयवासी ४० वर्षीया निलमदेवी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहता, ४० वर्षीय उमेश महतो, ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुरकुन भनिने देवेन्द्र महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी यादवविरुद्ध आज उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकका छोरा २६ वर्षीय अशोककुमार मण्डलले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो ।

बाटो मिचेर घर बनाएको विषयमा झडप हुँदा टाउको फुटेर गम्भीर घाइते भएका सुकदेवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार राति १२ः०० बजे मृत्यु भएको थियो ।

आवतजावतमा कठिनाइ हुने गरी सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै रोक्न गएका सुखदेवको टाउकामा काठको चौखटले प्रहार गरेको पीडितका नाति अजयकुमार मण्डलले जानकारी दिए ।

Facebook Comments