काठमाडाैं । नायिका प्रियंका कार्कीले वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै पब्लिक फिगर हुन त्यती सजिलो नभएको पनि बताएकी छिन् ।
प्रियंका लेखेकिछन्–‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती आउदैन थियो, सायद ।’
प्रियंका अन्त्यमा लेख्छिन्–‘उनले माफि पनि मागिसकिन् । हामीले हाम्री चेलीलाई माफ नगरे कसले गर्छ ? हाम्रो चेलीको इज्जतको रक्षा गर्ने कर्तव्य हाम्रो पनि होइन र ?’
Facebook Comments