मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गर्ने बजेट, जारी लकडाउन, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गर्ने थप कार्यहरु लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको ६३ दिन पुगेको छ । सरकारले आउँदो जेठ १५ गते संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.