नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर र ४ हजार ३२१ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,५८४ र ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार १३० जना निको भएर घर फर्केका छन् ।

यसैगरी, गत २४ घण्टामा ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ।

यसअघि हिजो २,४४२ जना संक्रमित थपिँदा ३,४५६ डिस्चार्ज भएका थिए भने ५१ जनाको मृत्यु भएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.