तारा बहादुर सुनार
बर्दिया/ सातौ अन्तरािष्ट्रय योग दिवसको अवसर पारेर बर्दियामा भर्चुल योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ । “स्वास्थ्यको लागि योग ” भन्ने मुल सन्देश प्रवाह गर्न शिक्षा मन्त्रालयको निर्देशनअनुसार कोरोना महामारीको वीचमा सम्पुर्ण योग प्रेमी, संघसंस्था, आयुर्वेद अस्पतालको सहभागीतामा जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै भर्चुल माद्ययमद्धारा योगाभ्यासगरी गरिएको हो ।
कार्यक्रममा योग प्रशिक्षक लोकराज पाण्डेले मानिसलाई स्वस्थ्य रहने विभिन्न जनचेतनामुलक योगाभ्यासहरु गराएका थिए। जिल्ला समारोह समिति बर्दियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी सन्त वहादुर सुनारले योगअभ्यासले मानिसको जीवन जिउने शैलीलाई सहज बनाउने भएकोले सवै मानिसहरुले दिनहु योग गर्नुपर्ने बताए ।
त्यस्तै योगाभ्यासले मानिसमा रहेको चन्चल्तापन र वैराग्यतालाई नियन्त्रण गरि शारिरिक प्रतिरक्षात्कमक सक्तिको वृद्धि गर्न मद्धत पुग्ने बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.कलावती विश्वकर्माले बताइन्।
के हो योग र कहिले देखि दिवस मनाउन थालिएको हो ?
आज संसारभरी लोक प्रिय भएको योग शव्द कर्मयोग,ज्ञान योग , ध्यानयोग अनेक रुपमा हिन्दू वौद्ध जैन संस्कृतिमा व्यवहार भइरहेको शव्द हो । योगको सोझो अर्थ जो्ड्नु हो । योगको क्रियकाले पनि मानवीय चेतलाई यसका अनेक आयमा संग सम्वनिधत गर्न सक्छ ।
शारिरिक स्वास्थ्य , मानसिक स्वास्थ्य,ज्ञान,त्याग ,वैराग्य आदीको केन्द्रमा गरिने सम्वन्ध नै योगको रुपमा वुझिन्छ । यसर्थ आत्मालाई परमात्मा संग जोड्न सकिन्छ त्यो नै योग हो । जसद्धारा चित्त मनको बृत् िचन्चलता विकृतिलाई नियन्त्रण गर्न सकिन्छ ।
स्वस्थ समाज र स्वस्थ्य राष्ट्र र समृद्ध राष्ट्र निर्माणमा यसको आवस्यक्ता लाई अनुभुति गरी योगको पुनरजागरण गर्न दिवसको घोषणा गरी जनचेतना जगाउनको लागि सुरु गरिएको हो ।
नेपालमा वि.स. २०३६ साल देखी उत्तराएण सुरु हुने दिन अर्थात माघ १ गते नेपालमा डा. हरिप्रसदा पोख्र्रेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाहरुको सहभागीतामा योग दिवस मनाउन थालिएको हो ।
