भारतीय दूतावासको आयोजनामा अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले आजको दिन जारी India@75 ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरी मनाएको छ । कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा “घर घरमा योग” रहेको छ ।

योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृत ‘Common Yoga Protocol’ अनुरुप दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो।

योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरु नेपाली पाश्र्व आवाजसहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यो बाहेक, योगाचार्य श्री सुनील मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्यता’ बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो ।

दूतावासले भर्चुअलि आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगितामा नेपालभरीका नेपालीहरुले सहभागीता जनाएका थिए ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिएको छ ।

उत्तरी गोलाद्र्घमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्व भएकोले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउनुपर्ने सुझाव दिनुभएको थियोे ।

सो योग अभ्यासको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । योग गुरु श्री लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए भने सो कार्यक्रमलाई नेपालभरीबाट हेरिएको थियो

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.