चीनमा ग्यास बिस्फोटबाट १२ जनाको मृत्यु

SHIYAN, June 13, 2021 Rescuers work at a gas pipe explosion site in Yanhu Community of Zhangwan District in Shiyan City, central China's Hubei Province, June 13, 2021.. A gas pipe explosion occurred in a residential community in Zhangwan District of Shiyan City, central China's Hubei Province, at around 6:30 a.m. on Sunday, according to local authorities.. The number of casualties is still being verified as the search and rescue is under way. (Credit Image: ? Xinhua via ZUMA Press)

एजेन्सी । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ ।

खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त बिस्फोट भएको थियो ।

बिस्फोट हुँदा स्थानीयवासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।