यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनियमदर अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र विक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ । आज यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९९ पैसा र विक्रीदर १६५ रुपैयाँ ८४ पैसा रहेको छ भने, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४२ पैसा र विक्रीदर ९० रुपैयाँ ८८ पैसा रहेको छ । यता, जापानी यन आइतबार १० यन बराबर नेपाली १० रुपैयाँ ६५ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २५ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

साउदी अरवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र विक्रीदर ३१ रुपैयाँ २६ रुपैयाँ रहेको छ भने, आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र विक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।

Facebook Comments