काठमाडौं – क्यान्सरका बिरामीलाई कोरोना भाइरस संक्रमणको कति जोखिम छ भन्नेबारे यकिन अध्ययन भएको छैन । तर, औषधि सेवन गरिरहेका बिरामीमा भाइरससँग लड्ने क्षमता कम हुने भएकाले सजग रहन चिकित्सकहरूले सल्लाह दिँदै आएका छन् ।
-हालसम्मको ट्रेन्ड विश्लेषण गर्दा श्वास–प्रश्वास, कार्डियो भास्कुलर, मिर्गौलाको जटिल समस्या, क्यान्सरजस्ता दीर्घरोगका बिरामी बढी जोखिममा देखिन्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर रहने भएकाले ज्येष्ठ नागरिकलाई पनि कोभिड–१९ को जोखिम समूहमा राखिएको छ ।
-चिकित्सकहरूको भनाइमा क्यान्सर नियन्त्रणमा आइसकेका भन्दा उपचारका क्रममा रहेका बिरामी बढी जोखिममा छन् । उपचार वा नियमित जाँचका लागि अस्पताल जाँदा अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री पिपिई लगाउन चिकित्सकहरूको सल्लाह छ । यस्तै, अन्य समयमा पनि पारिवारिक जमघट र भिडबाट टाढा रहन तथा पन्जा र मास्क अनिवार्य प्रयोग गर्न विश्व स्वास्थ्य संगठन डब्लुएचओले सल्लाह दिएको छ ।
-बेलायतको इन्स्टिच्युट अफ क्यान्सर रिसर्चले अधिकांश अस्पताल कोभिड–१९ का बिरामीको उपचारमा केन्द्रित रहेकाले विशेष सजगता अपनाउन क्यान्सरका बिरामीलाई आग्रह गरेको छ ।
-घरनजिकैको स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गराउन र नछुटाई औषधि सेवन गर्न चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।
-डब्लुएचओ र अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सिडिसी०ले क्यान्सरका बिरामीलाई आपत्कालीन अवस्थामा बाहेक अस्पताल नजान आग्रह गरेका छन् ।
-भिडभाड नहुने क्षेत्रमा मात्र क्यान्सरका बिरामीको जाँच गर्न दुवै संस्थाले आग्रह गरेका छन् । सर्जरी, रेडियोथेरापी, किमोथेरापी, इम्युनोथेरापीलगायत उपचार विधि अपनाइरहेका बिरामीको वेला–वेलामा आरडिटी वा पिसिआर परीक्षण गराउन डब्लुएचओ र सिडिसीले आग्रह गरेका छन् । नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments