काठमाडौँ । नेपाल यो वर्तमान समयमा दुई मद्दासँग लडिरहेको छ। पहिलो कोरोना महामारी र दोस्रो राजनीतिक अस्थिरता । यसै बीच चीन फेरि नेपालमा आफ्नो पकड बनाउने रणनीतिमा लागेको छ। महामारीका कारण देशभर निषेधाज्ञा लगाइएको छ। साथै राजनीतिक अस्थिरताको मौका छोपेर नेपालमा चीनले आफ्नो प्रभाव जमाउन विभिन्न रणनीतिका उपायहरु अपनाउन लागेको छ।
पहिला काठमाडौँ स्थित चिनियाँ दूतावासको माध्यमबाट नेपालको आन्तरिक राजनीति चलाउने प्रयास गरिहरेको चीन अब बेइजिंगबाट काठमाडौँलाई नियन्त्रण गर्न विभिन्न रणनीतिक योजना बनाउन लागेको छ। कम्युनिष्ट पार्टी आफ चाइनको विदेश विभाग सक्रिय रुपमा यो मिसनमा लागेको छ। विदेश विभागका प्रमुख निर्देशक सांग ताओका अनुसार केपी शर्मा ओली अब चीनको नियन्त्रणमा रहेनन्। यसकारण उनको विकल्प खोज्न जरुरी रहेको छ। यसकारण चीनको कम्युनिष्ट पार्टी ओलीको पार्टीको विकल्पमा अर्को एक मजबुत पार्टी खडा गर्नमा जुटेको छ।
चीन अब चुनाव भन्दा पहिला ओलीको पार्टी फुटाएर कमजोर बनाउने खेलमा लागेको छ। त्यस्तै चीन लोकतान्त्रिक विचार धारा भएका पार्टीमा घुसपैठ गरेर त्यसलाई आफ्नो हिसाबले चलाउन खोजेको छ। ओलीले अगुवाइ गरेको पार्टी पहिला नै चीनले दूइ भागमा बाड्न सफल भएको छ। अब चीन जसपालाई पनि फुटाएर त्यसबाट बामपन्थी विचारधारा भएका नेताहरुलाई आफु तिर तान्न सफल भएको छ।
चीनको सबै भन्दा ठुलो सफलता नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक विचारधारा भएका पार्टीलाई आफ्नो एजेण्डामा ल्याउन। पहिलो चोटी संसद विघटन हुँदा नेपाली कांग्रेसको विरोध सांकेतिक थियो। नेपाली कांग्रेसको धाराणा थियो की लोकतन्त्रमा अस्था राख्ने दलहरु नयाँ जनादेशबाट पछि नहट्ने।
कांग्रेसका अधिकांश नेताहरु चुनावमा जाने र अदालतको आदेश मान्ने जस्ता अभिब्यक्ति दिइरहे। नेपाली कांग्रेसको कारण चीन पछिल्लो पटक ओलीको साटो अर्को बामपन्थी नेतालाई प्रधानमन्त्रीको कुर्सीमा बसाउन सकेन। तर पनि चीनले पुरै जोर लगाएको थियो की ओलीको साटो प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई मध्ये कसैको नाम टुंगो लागोस। यसको लागि नेपालको बामपन्थी नेताहरुको माध्यमबाट भारतलाई पनि सम्झाउने प्रयास गरियो।












Facebook Comments