काेराेनाकाे कहर: आइसोलेशननै नभएको जिल्लामा ३३ जना संक्रमित

काठमाडौं – सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये दुई जना काठमाडौंमै बस्दै आए पनि बाँकी यहींका छन् ।

गोडैता नगरपालिकामा मात्रै। २६ जना कोरोना संक्रमित फेला परेका छन्। शुक्रबार १४ जना संक्रमित देखापरेकोमा शनिबार थप १२ जना संक्रमित भेटिएका हुन् ।
सो ठाउँमा संक्रमित भेटिएका सबै भारतबाट आएका हुन्। उनीहरु सीमा नाकाबाट लुकेर छिरेको पाइएपछि क्वारेन्टाइनमा भर्ना गरिएको थियो ।

शनिबार सर्लाहीको कविलासी नगरपालिकामा पनि १ जना पुरुष संक्रमित देखिएका छन् ।

कोरोना संक्रमित थपिदै गएपछि आइसोलेसनको समस्या भएको छ । शनिबार बिहान १३ जना संक्रमित फेला परेपछि उनीहरुलाई कुन ठाउँको आइसोलेसनमा राख्ने भन्ने बिषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शनिबार बिहान फेला परेका बाहेक यसअघिका संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा राखिएको छ ।

जिल्लामा हालसम्म एउटा पनि आइसोलेसन छैन। तर जिल्लामै आइसोलेसन बनाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.