घरमा पाहुना आए १ हजार जरिवाना !

कैलाली । ‘अतिथि देवोः भव’ नेपाली समाजमा प्रख्यात उक्ती हो यो। अतिथि अर्थात भगवान। अतिथि देवता सरह हुन्छ। अतिथि अर्थात पाहुनालाई स्वाग र सम्मान गर्ने नेपाली परम्परा पनि छ। तर यति बेला भने विश्वभर महामारीको रुपमा फैलिएको कोेरोना भाइरसले पाहुना आउँदा पनि सोच्नुपर्ने अवस्था ल्याइदिएको छ।

संक्रमणबाट बच्न व्यक्ती व्यक्तिबीचको दुरी कायम नै अहिलेका लागि यसको संक्रमणबाट बच्ने उपाय बनेको छ। यसकै लागि सरकारले देशव्यापी लकडाउन गरेको छ।
घरमा पाहुना आउँदा पनि छिमेकी तर्सिने अवस्था आएको छ। तर्सिने मात्रै होइन कतिपय ठाउँमा त पाहुना निषेध नै गर्ने निर्णय भएको छ।

कैलाली जिल्लाको एउटा वडामा भने पाहुनालाई प्रवेश निषेध गरिएको छ । निषेध मात्रै होइन, नव आगन्तुकले गाउँ प्रवेश गरे वा गराउनेलाई दण्डित गर्ने नियम समेत लागू गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१२ लाई महामारीबाट जोगाउन कडा नियम लागू गरिएको छ । खोपा, कोटा, शान्तिनगर, शिवपुर, बनबर्सा, गुरही, नक्फोरुवा गाउँ समावेश भएको वडालाई महामारीबाट जोगाउन वडा कार्यालयले नै बाह्य आगन्तुकलाई गाउँ तथा वडाभित्र प्रवेशमा पूर्णतया रोक लगाएको हो ।

वडा कार्यालयले नै दण्ड गर्ने नियम लागू गरेको छ । जोखिम बढेपछि वडाभित्रका सबै गाउँका भलमन्साहरू र युवाको भेला गर्‍यौं र परिचालन गरेका हौं । नियमको उल्लंघन गर्ने तथा प्रवेश गर्ने वा गराउनेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने नियम बनाएका छौं ।’ वडालाई जोगाउन वडाभित्र प्रहरी प्रशासन होइन, भलमन्सा र युवाहरू परिचालन गरिएका छन् ।तस्बिर साैजन्यः लाेकान्तर

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.