काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १ हजार ४५६ जनामा संक्रमण पुष्टि भएकाे हाे।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ७ हजार २१९ जना संक्रमित निको भएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.