भारतको घोषणा : नेपाललाई हामी अक्सिजनका ट्यांकर दिन्छौं

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीसँगै नेपालमा उपचार गरिरहेका अस्पतालमा अक्सिजनको अभाव भएका बेला भारतले अक्सिजन सहयोग गर्ने भएको छ ।

सोमबार भएको एक भर्चुअल कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ८–१० दिनभित्र भारतले नेपाललाई लिक्वीड अक्सिजन उपलब्ध गराउने जानकारी दिए ।

यसअघि भारतमा कोरोना संक्रमण तीब्र रूपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

नेपालमा संकट निम्तिएपछि भारत अक्सिजन सहयोग गर्न तयार भएको छ । राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई भारतले निरन्तर सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा क्वात्राले भने, ‘आगामी ८–१० दिनभित्र लिक्वीड अक्सिजनको ट्यांकर नेपाल आइपुग्ने छ ।’ भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको समेत राजदूत क्वात्राले स्मरण गराएका छन् ।

Facebook Comments