असमान आर्थिक रिकभरीले उत्तर र दक्षिण चीनबीच ठूलो विभाजनको खतरा

बेइजिंग । कोरोना भाइरसको संक्रमणबाट उत्पन्न आर्थिक संकटले चीनमा ठूलो विभाजन निम्त्याउने खतरा बढेको छ । चीनमा कोरोना भाइरसको संक्रमण विस्तारै ठिक हुँदै गएसँगै आर्थिक गतिविधिहरु चलायमान हुन थालेका छन् अर्थतन्त्रमा सुधार हुन थालेको दाबी गरिएको छ ।

चीनका ३१ वटा प्रान्तमध्ये दक्षिणी प्रान्तहरुको पहिलो तीन महिनामा अर्थतन्त्रमा राम्रो सुधार भएको छ भने उत्तरी प्रान्तहरुमा भने अmझै सुधार हुन सकेको छैन । अर्थतन्त्रमा भइरहेको क्षेत्रीय असमानताका कारण साना तथा मझौल व्यवसायहरु, सेवा क्षेत्रहरुलगायतमा ठूलो प्रभाव पर्न विज्ञहरुले बताएका छन् । जसका कारण बेइजिंगमा विभाजनको ठूलो रेखा देखा पर्ने र दाहोरो वितरणको रणनीतिले मुलुकमा निर्यातमा पनि असर पर्ने देखिन्छ ।

विज्ञहरुका अनुसार मुलुकको निर्यातमा कमी आउनुका साथै आगामाी दिनमा आन्तरिक बजारको निर्भरता बढ्दै जानेछ । कोरोना महामारीको उद्गम प्रान्त हुबेइमा पनि आर्थिक सुधार भएको पाइएको छ । करिब तीन महिनासम्म पूर्ण लकडाउन गरिएको हुबेइमा पहिलो तीन महिनामा नै ५८.३ प्रतिशतले सुधार भएको छ ।

सन् २०२० को पहिलो तीन महिनाको तथ्यांक हेर्दा हुबेइ प्रान्तमा आर्थिक वृद्धि निकै कमजोर अवस्थामा छ । यद्पि चीनमा दक्षिणी प्रान्तहरुमा सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको छ । जस अनुसार हिनान प्रान्तमा १९.८, झेजियांगमा १९.५ प्रतिशत, जियांसुमा १९.२ प्रतिशत र गुआंजोंगमा १८.६ प्रतिशतले वृद्धि भएको छ ।

हुबेइको तुलनामा अन्य प्रान्तहरुमा कम भएको देखिएको छ । सन् २०२० मा पनि यी प्रान्तहरुको आर्थिक वृद्धिमा खासै सुधार भएको थिए । समग्रहमा चीनको कुल गार्हस्थ उत्पादन १८।३ प्रतिशत रहेको छ । चीनलाई पूर्ववत अवस्थामा फर्किन थप दुई वर्ष लाग्ने सरकारले अनुमान गरेको छ ।

Facebook Comments