नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय नाघ्याे

काठमाडौं । नेपालमा हालसम्म पिसिआर ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय ७ पुगेकाे हो।

सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। ७० जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। तीन जनाको भने मृत्यु भइसकेको छ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउसो १९ गरी ४९ जना संक्रमित थपिएका हुन्। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका ३ जना पुरुष, डडेल्धुराका १ जना, बैतडीका १ जना र बाँकेका १४ जनामा संक्रमण देखिएको हो। यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये नेपालमा हालसम्म ३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७० पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.