चालकदलसहित ९८ जना सवार विमान दुर्घटना

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । पाकिस्तानको कराचीमा एक यात्रुबाहक विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान हो। कराची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका बेला विमान दुर्घटना भएको हो।

दुर्घटनाको कारण खुल्न सकेको छैन। क्षतिको विस्तृत विवरण समेत आउन बाँकी छ। अधिकारीका अनुसार उक्त विमानमा ९८ जना यात्रु रहेका थिए। विमानमा ९० जना यात्रु र आठ चालकदलका सदस्य थिए।

विमान अवतरण हुनै लाग्दा कालो धुवाँ निस्किएको थियो। पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको यो विमान एयरबस ए ३२० पि के ८३०३ ले दिउसो १ बजे लाहोरबाट कराँची विमानस्थलका लागि उडान भरेको थियो।

विमान रिहाइशी क्षेत्रको मोडल कोलनीमा खसेको बताइएको छ। यो विमानस्थल नजिकैको क्षेत्र हो। विमान मानव बस्तीमा दुर्घटना भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

Facebook Comments