नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह

काठमाडाैँ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिमा विवाद सुझाल्न नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण तयार गर्नुपर्ने बताएका छन् । मन्त्रालय नियमित पत्रकार सम्मेलमा बोल्दै उनले नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण बनाउनपर्ने बताएका हुन् ।

उनले कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रमाथि नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणसङ्गत नरहेको भन्दै नेपाललाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नपर्ने बताएका छन् ।

उनले नेपालले विवादित भन्दै आएको क्षेत्र भारतकै भएको दावी समेत गरेका छन् । नेपालले सीमासम्बन्धी विवादलाई कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै उनले नेपालको नयाँ नक्सा अस्वीकार गर्ने प्रतिक्रिया समेत दिएका छन् ।

बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो। नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको आशय व्यक्त गर्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताए।

मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित