कतारमा महाेत्तरीका युवालाई मृत्यूदण्ड, किन पाएनन् आममाफी?

काठमाडौं । कतार सरकारले एक नेपालीलाई मृत्यूदण्ड दिएको छ। यो कतारमा नेपालीले पाएको पहिलो मृत्यूदण्ड हो। मृत्यूदण्ड पाउने व्यक्ति महोत्तरी जिल्लाका अनिल चौधरी हुन्।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन ।

तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।

मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो । तर कतार सरकारले पत्रकाे कुनै वस्ता गरेन।

सन् २०१५ मा रोजगारीको खोजीमा कतार पुगेका चौधरी कार वास कम्पनीमा लेवरको काम गर्थे। कतार पुगेको झण्डै २ वर्षपछि उनलाई हत्याको आरोप लाग्यो। कतारी नागरिक उमैर मोहम्मद- अल नुयमीको हत्याको आरोपमा सन् २०१७ मा उनी पक्राउ परे।

कतारको कानुनमा कसैले कसैको हत्या गरेको पुष्टि भएमा अपराधीलाई मृत्यूदण्ड दिने व्यवस्था छ। तर मृतकका परिवारले चाहेमा अदालतले आममाफी पनि दिन सक्छ। तर पीडित पक्षले अनिललाई माफी दिन चाहेन।

अनिललाई दोषी ठहर गर्दै २६ मार्च २०१८ मा कतारको सर्वोच्च अदालतले मृत्यूदण्डको फैसला सुनायो। कतारस्थित नेपाली दूतावासले अनिलको कानूनी प्रतिरक्षाका लागि सर्वोच्चमा बहस गर्न आवश्यक वकिल खर्च ( झण्डै ३० हजार कतारी रियाल) सरकारसँग माग गर्‍यो।

बोर्डले दूतावासमा पठाएको पेस्की रकमबाट कानूनी प्रतिरक्षाका लागि आवश्यक रकम खर्च गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिसकेको थियो। तर कानुनी प्रतिरक्षाका लागि दूतावासले काम गर्न नपाउँदै कतारको सर्वोच्च अदालतले मृत्यूदण्डको फैसलालाई अनुमोदन गर्‍यो। त्यसपछि अनिललाई जेल प्रशासनले गोली हानी मृत्यूदण्ड दिएको हो।

जीवन रक्षाका लागि पहल गर्दागर्दै पनि अनिललाई मृत्यूदण्डबाट मुक्त गराउन नसकिएको दूतावासको भनाइ छ। मृत्यूदण्डको कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले बताए।

तर मृतकका परिवारले आममाफी दिन नचाहेपछि अदालतले पनि त्यसलाई रोक्न सक्दैन। अन्ततः अनिल चौधरीलाई मृत्यूदण्ड दिइयो।

उनको शव अहिले त्यहीँको स्थानीय अस्पतालमा राखिएको छ।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित