कतारमा महाेत्तरीका युवालाई गोली हानी मृत्युदण्ड

काठमाडाैँ । कतारमा पहिलाे पटक नेपालीलाई गोली हानी मृत्युदण्ड दिइएकाे छ। महाेत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हाे।

कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो ।

तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।

मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।

Facebook Comments