नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु

काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो। यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.