निषेधाज्ञामा थप कडाइ, अब बेलुका खाद्य पसल खोल्न नपाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ भने निषेधाज्ञालाई थप कडा बनाउने निर्णय भएको छ ।

जसअनुसार अब बेलुकाको समयमा खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरू सञ्चालन गर्न दिइने छैन ।

अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.