वैशाख २७ अगावै सामुहिक राजीनामा दिने तयारीमा झलनाथ–माधव समूह

काठमाडौं । नेकपा एमालेको झलनाथ–माधव समूहका सांसदबीच सामूहिक राजीनामा दिनेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्ने तयारी गरेको सो समूहका नेताहरुको गुनासो छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि झलनाथ–माधव नेपाल पक्षका २१ सांसदले सयुक्त रुपमा राजिनामा दिने तयारी थालेका हुन्। पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् ।

प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्‍नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने विषयमा छलफल भएको नेता घनश्याम भुसालले बताए ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गरेपश्चात् अध्यक्ष ओलीसंग अलग रहेका पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आगामी बैशाख २७ गते ओलीविरुद्द विश्वासको मत रोक्ने तयारी गरेको स्रोतले बताएको छ।

हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसद रहेका छन् । जसमध्ये प्रधानमन्त्री ओलीलाई बहुमतका लागि १३४ जनाको मत चाहिन्छ । जसमा एमालेको १२१, कांग्रेसको ६१, माओवादीको ५० र जसपाका उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान गरिएको छ । त्यति हुँदा पनि संसदमा मात्र १२९ सिट हुन्छ ।

स्रोतका अनुसार यदि नेपाल पक्षका २१ जनाले राजिनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

कांग्रेस, माओवादीको ११० हुने भएकाले जसपाको उपेन्द्र बाबुराम पक्षले १४ जनामात्र सांसद आफ्नो पक्षमा राख्न सक्दा पनि बहुमत पुग्ने हिसाब गरेरै राजिनामाको चर्चा चलेको स्रोतको भनाइ छ।

काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.