गण्डकी प्रदेश प्रमुखमा पौडेल र सदूरपश्चिम प्रदेश प्रमुखमा यादव नियुक्त

कठमाडौ । गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा सीता पौडेल गंगाप्रसाद यादवलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । उनीहरुलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.