कांग्रेसको पदाधिकारी बैठक बुढानीलकण्ठमा बस्दै

    काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

    आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको जनाइएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बस्न लागेको जनाइएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले ‘प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि बैठक बोलाइएको हो ।’ भनेका छन् ।

    Facebook Comments