बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न, कोभिडविरुद्धको लडाईमा समग्र पार्टी पंक्तिलाई नै स्वयम्सेवीको रुपमा खटिन आव्हान

    काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीको अध्यक्षतमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

    नेकपा एमालेको आज दिउँसो प्रधानमन्त्री ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको हो ।

    एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा कोभिड-१९ संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारहरु, शैय्याहरु, खोप, उपकरण, अक्सिजन तथा अत्यावश्यक औषधिहरुको तत्काल थप प्रबन्धन गर्ने छलफलभएको छ ।

    यसका साथै कोभिड–१९ महामारीको यो विषम् परिस्थतिमा अन्य तयारीहरु पनि तीव्ररुपमा अघि बढाउने निर्णय बैठकले गरेको छ । बैठकले कोभिडविरुद्धको लडाईमा समग्र पार्टी पंक्तिलाई नै स्वयम्सेवीको रुपमा परिचालित हुन पनि आव्हान गरेको छ ।

    Facebook Comments