चिनियाँ अल्पसंख्यक मुस्लिम उईघुरहरुको जन्मदरमा कमी

हङकङ । चीन सरकारले अल्पसंख्यक मुस्लिम उईघुर समुदायमाथि नरसंहार गरिरहेको आरोप लागिरहँदा उईघुरहरुको जन्मदरमा कमी आएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ।

चीनको सिन्जियाङमा अल्पसंख्यक उईघुर समुदायको दुई बर्षको अवधिमा दुई तिहाईले जन्मदरमा ह्रास आएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उईघुर समुदायलाई सरकारले बाध्य श्रममा लगाएको र बन्दी बनाएको भन्दै अन्तर्राष्ट्रिय निकायहरुले आलोचना गर्दै आएका छन्। सन् २०१७ मा १५ दशमलब ८८ प्रतिशत रहेको उईघुरहरुको जन्मदर सन् २०१९ मा ८ दशमलब १४ प्रतिशत रहेको छ ।

चीनको नेश्नल व्यूरो अफ स्टाटिस्टिक अफ चाईना ले सार्वजनिक गरेको प्रतिवेदनमा अल्पसंख्यक मुस्लिमक उईघुरहरुको जन्मदरमा कमी आएको तथ्यांक देखिएको हो ।

उक्त समयावधिमा चीनको राष्ट्रिय जन्मदर भने दुई प्रतिशतले मात्र घटेको छ। सन् २०१७ मा ११ दशमलब ४० प्रतिशत रहेको उईघुर समुदायको जनसंख्या वृद्धिदर २०१९ मा घटेर ६ दशमलब १३ प्रतिशत रहेको छ। चीन सरकारले दश लाख भन्दा बढी उईघुरहरुलाई बन्दी बनाएको र बाध्य श्रममा लगाईरहेको र उईघुर बिरुद्ध नरसंहार गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायहरुले आलोचना गर्दै आएका छन् । स्रोतः हङकङ फ्रि प्रेस

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.