हङकङ । हङकङमा चीनको दमनकारी गतिबिधिका कारण हजारौं हङकङ नागरिकहरुले बेलायत प्रवेशका लागि निवेदन दिएका छन् ।
बेलायतले हङकङ नागरिकहरुलाई बेलायत बसोबासका लागि योजना ल्याए लगत्तै हजारौं मानिसहरुले बेलायत प्रवेश अनुमतिका लागि निवेदन दिएका छन् । बेलायतले ब्रिटिस नेसनल ओभरसिज कार्यक्रम अन्तर्गत हङकङ नागरिकहरुलाई पाँच बर्षको भिसा प्रदान गर्ने योजना ल्याएको छ ।
पाँच बर्षपछि बेलायतको नागरिकता प्रदान गर्ने ब्याबस्था रहेको छ । पहिलो पाँच बर्षमा तीन लाख मानिसले यो योजना उपभोग गर्न सक्ने हङकङ सरकारले आंकलन गरेको छ ।
गत बर्ष चीनले आफु बफादारहरु मात्र हङकङको नेतृत्वमा रहने ब्याबस्था स्वरुप नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गर्दै लोकतन्त्रवादीहरुलाई निशाना बनाएको थियो ।












Facebook Comments