सप्तरी । कोरोना संक्रमणबाट देशमा थप ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ३५ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको संख्या ३२४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशमा आज थप चार हजार ८३१ कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या तीन लाख १७ हजार ५३० जना पुगेको छ । अहिलेसम्म २३ लाख ८१ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
हालसम्म ३४ हजार १ सय १७ जना आइसोलेशनमा र ५९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।












Facebook Comments