कोरोनाः गण्डकी प्रदेश सभाका ३ जना सांसदमा पनि देखियो

सप्तरी। गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको छ ।

मंगलबार स्वाव संकलन गरिएका सांसदहरु मध्ये ३ जना सांसदलाइ कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद विन्शु शर्माले “ तीन जनालाइ कोरोना संक्रमण देखिएको छ अहिले नाम सार्वजनिक गर्न मिल्दैन् ।’ भनेका छन् ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमालेका सांसदहरुले कोरोनाको महामारी फैलिएको अवस्थामा कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् ।

सांसद राजीव पहारीले कोरोना परीक्षणविना बैठक राखिन नहुने तर्क राख्नु भएको थियो ।

Facebook Comments