प्रहरी अधिकारीहरु पनि कोरोना सङ्क्रमण बढ्दो

काठमाडौं । प्रहरी अधिकारीहरु पनि कोरोना भाइरस सङ्क्रमित हुने सङ्ख्या बढ्दै गएको छ ।

अहिले मुलुकमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएसँगै प्रहरी अधिकारीहरु पनि सङ्क्रमित हुने सङ्ख्या बढ्दै गएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण भएको छ । योसँगै सोमबारसम्म नेपालभर ९३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको एसएसपी कुँवरले बताए ।

सङ्क्रमतिक प्रहरीहरुको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।’ उनले बताए । यसैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जना प्रहरीमा पनि सङ्क्रमण देखिएको छ ।

Facebook Comments