८ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने, अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन माग

People line at Ministry of Foreign Affairs

काठमाडौँ । सात/आठ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने अवस्था आउने प्रक्षेपण गरिएको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी)ले कोरोना महामारीका कारण सन् २०२१ मा स्वदेश र विदेश गरेर सात/आठ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने अवस्था आउने प्रक्षेपण गरेको हो ।

त्यस्तै आईटीयूसीले कोरोना महामारीका कारण सन् २०२१ मा विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुुम्ने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष रोजगारी गुमाएका अझै आधाले रोजगारी नपाएको अवस्थामा पछिल्लो पटक थपिएको कोरोनाले थप त्यो सङ्ख्याका बेरोजगार थपिने प्रक्षेपण गरिएकाले रोजगारीको सुरक्षाका लागि सम्बन्धित देशका टे«ड युुनियनमार्फत आग्रह गरेको छ ।

त्यसो त आईटीयूसीले कोभिड–१९ का कारण सन् २०२० मा विश्वमा झण्डै दुुई करोड ५० लाख रोजगारी गुमेकोमा नेपालमा त्यस अवधिमा १० लाखले रोजगारी गुमाउने प्रक्षेपण गरेको थियो । आईटीयूसीले सूचनामार्फत कोभिडपछि सङ्कटसँग जुध्न रोजगारी सिर्जनालाई प्राथमिकता दिन विश्वलाई र विशेषगरी श्रमिक निर्यात गर्ने देशका सरकारलाई सबै क्षेत्रमा रहेका आधिकारिक ट्रेड युनियनमार्फत आग्रह गरेको छ । अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन माग गरेको छ ।

Facebook Comments