सार्वजनिक यातायातमा रोक लगाउने सरकारको निर्णय

काठमाडौँ । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

कोरोना संक्रमणको अवस्था भयावह भए अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुर्नविचार गर्न माग गरे ।

उनले हवाई उडानमा जस्तै सार्वजनिक यातायातका सवारी साधनले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने भएकाले लामो दूरीका सवारी साधन चलाउन दिनुपर्ने बताए । आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुन सक्ने उनले चेतावनी समेत दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.