रसुवागढी र तातोपानी नाकामा चीनको कृतिम नाकाबन्दी

काठमाडौँ । एक बर्ष भन्दा बढी समयदेखि चीनले बेला बेलामा रसुवागढी र तातोपानी नाकामा कृतिम नाकाबन्दी गरिरहेको छ ।

कोरोनाको बहाना बनाउँदै चीनले उक्त दुवै नाकामा एक बर्षभन्दा बढी समयदेखि बेला बेलामा कृतिम नाकाबन्दी गर्दै आइरहेको छ।

कृतिम नाकाबन्दी चीनले राजनीतिक कारणले गरिरहेको छ। कम्युनिस्ट विचारधारा सँग गरिएको सहमतिबाट नेपाली नेताहरूसँग चीनको असन्तुष्टि रहेको छ।

केही समयअघि स्थानीय व्यवसायीहरुले चीनको ‘अघोषित नाकाबन्दी’विरुद्ध प्रदर्शन समेत गरेका थिए। रसुवागढी र तातोपानी नाका हुँदै चिनियाँ समान भित्र्याउनु फलामको चिउरा चपाउनु जस्तो भएको उनीहरुको भनाइ छ ।

सामान भित्र्याउन सकस भएपछि नेपाली व्यवसायीले चिनियाँ एजेन्टलाई चर्को घुस बुझाउनु परेको समेत गुनासो गरेका छन ।

 

 

Facebook Comments