बोआव फोरम एसियाको वार्षिक सम्मेलनमा चीनले नेपाललाई बोलाएन

काठमाडौं । नेपालले संस्थापक सदस्यको रुपमा २००१ पछि बोआव फोरम एसियामा नियमित सहभागिता जनाउँदै आएको थियो । तर यो पटक सम्मेलनमा भने नेपालले निमण्त्रणा समेत पाएन ।

बेइजिङले नेपाललाई सम्मेलनमा किन बोलाएन भन्ने बारेमा आफुहरुलाई केही पनि जानकरी नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

चीनले पक्कै पनि त्यस्तो अविकसित र अपरिपक्व निर्णय लिनु हुँदैन। ठूलो देश र असल छिमेकीको रूपमा चीनले नेपाललाई निमण्त्रणा गर्नु पर्ने थियो। पछिल्लो केही समयदेखि चीन नेपाली नेतृत्वबाट खुस देखिएको छैन।

बोआव फोरम फर एशिया वार्षिक सम्मेलन २०२१ को वेबसाइटको अनुसार ६० भन्दा बढी प्रतिनिधिहरु सहभागी रहेका छन् । विभिन्न क्षेत्र तथा राज्यका प्रमुखहरु र सरकारका वरिष्ठ अधिकारहरुसमेतको सहभागिता रहेको छ ।

यसबारेमा थप विवरणहरू बुधवार मात्रै दिन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। चिनले संस्थापक सदस्यलाई नै सम्मेलनमा नबोलाउएको थाहा पाउँदा भने आफु अच्चममा परेको परराष्ट्र मामिला प्रतिष्ठानका उप कार्यकारी निर्देशक रुपक सापकोटाले बताए ।

Facebook Comments