काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।
सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज ३ बजे तीन दलको बैठक बोलाएका हुन् । बैठकमा सत्ता समिकरणकै विषयमा कुराकानी केन्द्रित हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा तीनवटै दलका शिर्ष नेताहरु सहभागी हुने बुझिएको छ ।
माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।
माओवादी केन्द्रका एक नेताका अनुसार भोलि हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ । ‘जसपाले एकाध दिन समय माग्यो भने बेग्लै हो, नभए सरकार बनाउने वा नबनाउने टुंगो लगाउन चाहन्छौं’ उनले भने, ‘तीन दलबीच सहमति नहुने हो भने हामी समर्थन फिर्ता लिएर आगाडि बढ्न चाहन्छौं ।’
