देशमा कोरोना संक्रमणको दोस्रो लहर आउने खतरा, सबैलाई स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने मन्त्री त्रिपाठीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबैलाई आवश्यक स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री त्रिपाठीले पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै सबैले आवश्यक स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका हुन् ।

साथै उनले विद्यालय तथा स्कुलहरु अब भर्चुअल अवस्थामा मात्रै सञ्चालन हुने पनि विश्वास दिलाए । उनले संक्रमणको जोखिमलाई हेरेर आफूहरुले तयारी गरिरहेको पनि स्पष्ट पारे ।

साथै उनले संक्रमण बढ्दै गयो भने सरकारले अप्रिय निर्णय पनि लिनुपर्ने बताएका छन् । उनले पटक पटक संक्रमण बढ्ने काम नगर्न आम जनतालाई आग्रहसमेत गरेका छन् ।

Facebook Comments