नेता साउद भन्छन्; प्रधानमन्त्री ओलीलाई हटाउन काँग्रेस जुटिसक्यो

काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन काँग्रेस जुटिसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा एक पत्रकारसँग कुरा गर्दै नेता साउदले प्रधानमन्त्री ओलीलाई हटाउन काँग्रेस जुटिसकेको बताएका हुन् ।

साउदले एमालेबाहेकका पार्टीबीच सहकार्य गरेर वैकल्पिक सरकार गठनबारे काँग्रेस छलफलमा जुटेको बताएका छन् । साथै उनले देशमा संकट निम्याँउने वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बेला आएको तर्क गरेका छन् ।

Facebook Comments