सप्तरी । मोटरसाइकल एकापसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ।
हिजो बेलुका पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-६ मा मोटरसाइकल एकापसमा ठोक्किदा १ जनाको मृत्यु हुनुको साथै ३ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार मृत्यू हुनेमा स ६ प ५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका-९ सर्पा बस्ने ३५ वर्षीय अनवर अली रहेको छ भने घाइते हुनेमा अनवरकी ३२ वर्षीया श्रीमती निशा, ५ वर्षीय छोरा समिर र स ८ प ७३३० नम्बरको मोटरसाइकलमा पछाडी सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका-२ का ४७ वर्षीय टेक बहादुर तामाङ रहेका छन् ।
दुई विपरित दिशाबाट जाँदै गरेका स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।












Facebook Comments